समाचार

वीरगंज महानगरको आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

महानगर प्रमुख राजेशमान सिंहले नेपाललाई उक्त जिम्मेवारी सुम्पिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन।

महानगरका अनुसार लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका नेपालको अनुभव, निष्ठा र व्यावसायिकतालाई कदर गर्दै उनलाई यो जिम्मेवारी प्रदान गरिएको हो।

समितिको मुख्य दायित्व महानगर र सञ्चारमाध्यमबीचको सम्बन्ध व्यवस्थापन, सूचना प्रवाहको प्रभावकारिता तथा आमसञ्चार क्षेत्रको नियमनसँग सम्बन्धित विषयमा सुझाव दिने रहेको छ।

महानगरले अनुभवी र सबै पक्षसँग समन्वय गर्न सक्ने व्यक्तिकै आवश्यकता भएकाले नेपाललाई संयोजक बनाइएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button