अर्थ वाणिज्य
रौतहटमा स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित सिम्रौनगढका जयसवाल पक्राउ

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–११, भगवानपुरका ३६ वर्षका मुनाप्रसाद जयसवाल रहेका छन्।
इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले मौलापुर नगरपालिका–३ को लालबकैया बाँधस्थित जयनगर सडकखण्डमा नियमित चेकजाँचका क्रममा जयसवाललाई नियन्त्रणमा लिएको हो।
मधेश प्रदेश ०३–०३३ प ३११० नम्बरको मोटरसाइकलमा सवार जयसवालमाथि शंका लागेपछि गरिएको तलासीमा उनको साथबाट ठूलो परिमाणको नगद फेला परेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार रकमको स्रोतबारे कुनै विश्वसनीय स्पष्टीकरण दिन नसक्दा उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।




Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/ru/register-person?ref=O9XES6KU