स्वास्थ्य

वीरगन्जको नेशनल मेडिकल कलेज र एनआई कलेजबीच उपचार सेवा सम्बन्धि सम्झौता

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज, मंसिर २४ । वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता भएको छ।नेशनल मेडिकल कलेजमै बुधबार भएको सम्झौतामा नेशनल इन्फोटेक कलेजका बोर्ड सदस्य, कर्मचारी,खेलाडी, तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेजद्वारा विभिन्न स्वास्थ्य सेवा सुविधा प्रदान गरिने उल्लेख छ।

आकस्मिक तथा आपतकालीन उपचार, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, अन–साइट क्लिनिक सञ्चालन, वेलनेस प्याकेज तथा अस्पतालका विभिन्न सेवामा विशेष सहुलियत प्रदान गरिने सम्झौतामा उल्लेख छ।

 

सम्झौतामा ओपीडी सेवा, जनरल बेड, आईसीयू/एनआईसीयू/पीआईसीयू, शल्यक्रिया, प्याथोलोजी परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई, फार्मेसी तथा डेन्टल सेवामा विशेष सुविधा उपलब्ध गराइने पनि उल्लेख गरिएको छ।

सम्झौता पत्रमा नेशनल मेडिकल कलेजका तर्फबाट प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारी र नेशनल इन्फोटेक कलेजका तर्फबाट प्राचार्य मनीष सिंहले हस्ताक्षर गरेका छन्। सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्थापनि गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button