स्थानीयस्वास्थ्य

वीरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट

Ad 1
Ad 2
Ad 3
Ad 4

 

अनुगमनका क्रममा सफाइको अभाव, मूल्य सूची नटाँगिएको, व्यवसाय दर्ता प्रमाणपत्र नदेखिएको, साथै म्याद गुज्रिएका पाउरोटी, पप, डोनट, बम पाउरोटी, सानो केक, बर्फी लगायतका सामग्री भेटिएको कारण ती खाद्य सामग्री जफत गरी नष्ट गरिएको टोलीले जनाएको छ ।

  त्यसैगरी, केही उद्योगहरूले वीरगंज महानगरपालिकाबाट व्यवसाय दर्ता नगरेको तथा केहीको दर्ता नवीकरण नभएको पाइएकाले ७ दिनभित्र महानगरपालिकाको कार्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।

अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका अजित भुजेल, वीरगंज महानगर पालिकाका खाद्य अनुसन्धान अधिकृत बिभा मिश्रा, नेहा मिश्रा, सञ्जय महतो, मनोज कुमार दास लगायतको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button