समाचारसमाज

मानव बेचबिखनको आरोपीलाई २० वर्षपछि पर्सा प्रहरीले पक्राउ गर्‍यो

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । पर्सा प्रहरीले २० वर्षपछि मानव बेचबिखनको आरोपीलाई पक्राउ गरेको छ।

 

वीरगंज महानगरपालिका-१९ का ४५ वर्षीय सुरेशप्रसाद कलवारलाई २०६२ चैत १७ गतेदेखि फरार अवस्थामा रहेका थिए। उनी मानव बेचबिखनको (जीउ मास्ने बेच्ने) आरोपमा वॉन्टेड थिए।

 

पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, कलवारलाई वीरगंज-९ स्थित एक स्थानबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा पठाइएको छ।

 

कलवारको पक्राउसँगै २० वर्षअघि भएको घटनामा नयाँ मोड आएको छ र प्रहरीले अन्य कानूनी प्रक्रिया अघि बढाइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button