स्थानीय

छठ पर्वको मूख्य दिन आज ब्रतालुहरु अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गर्दै विधिपूर्वक अर्घ्य अर्पण गरिँदैछ।

बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरू बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने प्रथा अनुसार व्रत विधि सम्पन्न गर्दै छन्। शनिबार कार्तिक शुक्ल चतुर्थीका दिनदेखि सुरु भएको यो पर्व सप्तमीसम्म निरन्तर पूजापाठका साथ मनाइन्छ।

छठ पर्व सूर्यदेवको आराधना, उपासना र कृतज्ञताको पर्वका रूपमा मनाइन्छ। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए। त्यही समयदेखि यो पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ।

सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्। त्यसपछि नै ‘छठ पर्व’ मनाउने परम्परा सुरु भएको उल्लेख पाइन्छ।

सूर्यलाई ऊर्जा र जीवनको मूल स्रोतका रूपमा मानिएको छ । सूर्यबिनाको संसार असम्भव ठानिन्छ — रुख, बिरुवा, प्राणी, जीवजन्तु सबैको अस्तित्व सूर्यकै किरणमा निर्भर छ। वैदिक ग्रन्थहरूमा सूर्य किरणको औषधीय महत्वको विस्तृत व्याख्या गरिएको छ। साम्ब पुराण अनुसार भगवान् श्रीकृष्णका पुत्र साम्बले सूर्यको आराधना गरेर कुष्ठरोगमुक्त भएको उल्लेख पाइन्छ।

जनविश्वास अनुसार छठ व्रतले दुःख–दारिद्रताबाट मुक्ति दिलाउँछ र परिवारमा सुख–समृद्धि ल्याउँछ। झुप्पा–झुप्पा फलफूल, ठकुराईका परिकार र पवित्र प्रसाद अर्पण गर्दा सूर्यदेव प्रसन्न भई सन्तान र कुटुम्बको कल्याण गर्छन् भन्ने मान्यता छ।

व्रत नबस्न सक्नेले पनि अन्य व्रतालुहरूबाट मनोकामना पूरा गराउने चलन रहेको छ। आर्थिक रूपमा विपन्नहरूले समेत भिक्षा मागेर वा सानो–सानो तरिकाले यो पर्व मनाउँछन्।

व्रतको सुरुवात चतुर्थीका दिन स्नान गरी एकछाक भोजन गरेर गरिन्छ। पञ्चमीका दिन खरना (सखर हालिएको खीर) षष्ठी मातालाई अर्पण गरी व्रतालुले प्रसादस्वरूप ग्रहण गर्छन्।

त्यसपछि षष्ठीका दिन कठोर निराहार व्रत बसेर बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने विधि रहन्छ। ब्रतालुहरु अस्ताउदो सूर्यलाई अर्घदिनकालागि जलाशय एवं पोखरिमा बनाईका छठघाटमा पुगेका छन ।

यसपछि सप्तमीका बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य अर्पण गरेपछि व्रत समाप्त हुन्छ। धार्मिक विश्वास अनुसार यस विधिले चर्मरोग नलाग्ने र जीवनमा स्वास्थ्य, सौभाग्य र शान्ति प्राप्त हुने बताइन्छ।

विसं २०४६ अघिसम्म मुख्यतः तराई क्षेत्रमा सीमित यो पर्व अहिले राष्ट्रिय पर्वले राष्ट्रिय पर्वको रूप लिइसकेको छ। सोही वर्षदेखि सरकारले यस अव

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button