मधेस प्रदेशस्थानीय

वीरगन्ज महानगरको कार्यालयमा आगलागीका कारण शैक्षिक फाइल नष्ट, विद्यालयहरूलाई पुनः कागजात बुझाउन आग्रह

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,कार्तिक १३। वीरगन्ज महानगरपालिका–नगर कार्यपालिकाको कार्यालयमा भदौ २४ गते भएको आगलागीका कारण शैक्षिक प्रशासन महाशाखाका महत्त्वपूर्ण फाइलहरू नष्ट भएपछि महानगरपालिकाले सम्बन्धित शैक्षिक संस्थाहरूसँग पुनः कागजात बुझाउन आग्रह गरेको छ।

महानगरपालिकाले बुधवार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१र०८२ मा कक्षा अपग्रेडिङ, नयाँ अनुमति, नामसारी तथा ठाउँसारीका लागि दर्ता भएका सम्पूर्ण निवेदन आगलागीमा नष्ट भएको जनाएको छ। यस घटनाले प्रशासनिक कार्य अघि बढाउन कठिनाइ भएको महानगरले उल्लेख गरेको छ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार, कक्षा अपग्रेडिङ तथा नयाँ संस्था अनुमतिका लागि निवेदन दर्ता गरेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय, कोचिङरट्युसन सेन्टर र मन्टेस्वरीहरूले आफैंले बुझाएका फाइलहरूको प्रतिलिपि पुनः पेश गर्नुपर्ने भएको छ।

सम्बन्धित संस्थाले कार्तिक १६ गते आइतबार कार्यालय समयभित्र आवश्यक कागजातहरू पुनः बुझाउनुपर्ने प्रमुख लामिछानेले जानकारी दिए।

यस विषयमा प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई समेत औपचारिक जानकारी गराइएको महानगरपालिकाले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button