मधेस प्रदेशस्थानीय

मधेशका ७ प्रजिअको सरुवा,पर्साका सीडीओ सुवेदी दुई महिनामै अर्घाखाँची पठाइए

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको सरुवा भएको छ। गृह मन्त्रालयले आइतबार गरेको निर्णय अनुसार सुवेदीलाई अर्घाखाँची जिल्लामा सरुवा गरिएको हो।

सुवेदीले पर्सामा जिम्मेवारी सम्हालेको जम्मा दुई महिनामै उनको बदली गरिएको हो। उनको कार्यकाल छोट्टिएसँगै जिल्लाको प्रशासनिक नेतृत्वमा फेरबदल भएको छ।

गृह मन्त्रालयको निर्णयअनुसार दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई पर्सा पठाइएको छ। दाहालले अब पर्सा प्रशासनको जिम्मेवारी सम्हाल्ने भएका छन्।

गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको व्यापक हेरफेर गरेको छ। मन्त्रालय स्रोतका अनुसार यो सरुवा नियमित प्रशासनिक समायोजनका साथै केही जिल्लामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको हो।

पर्साका स्थानीय स्रोतहरूका अनुसार सुवेदीको छोटो कार्यकालमै उनले प्रशासनिक संयोजन र सीमा व्यवस्थापनका विषयमा सक्रिय भूमिका खेलेका थिए। तर, अचानक भएको उनको सरुवाले जिल्लामा केही प्रश्न पनि उठाएका छन्।

यसैगरि बाराका प्रजिअ प्रकाश पौडेललाई ‘भदौ २३ र २४ गतेको प्रदर्शनमा भएको क्षति छानबिन’ गर्ने विशेष जिम्मेवारीसहित गृह मन्त्रालयको अन्तर्गत सरुवा गरिएको छ। उनको ठाउँमा सुनसरीका प्रजिअ धर्मेन्द्र कुमार मिश्र आएका छन्। सर्लाहीका प्रजिअ तुलसी बहादुर श्रेष्ठको सरुवा गोरखा भएको छ भने उनको ठाउँमा गोरखाबाट रामु राज कँडरिया सर्लाही आएका छन्।

सिरहाका प्रजिअ बसन्त अधिकारीको सरुवा मकवानपुर भएको छ, र उनको ठाउँमा बर्दियाबाट सुरेन्द्र पौड्याल सिरहा आउँदैछन्। महोत्तरीका प्रजिअ नारायण प्रसाद रिसालको सरुवा दोलखा भएको छ, भने उनको स्थानमा मोरङका प्रजिअ इन्द्रदेव यादव आएका छन्।

धनुषाका प्रजिअ शंकरहरि आचार्य सहसचिवको रूपमा गृह मन्त्रालय गएका छन्। उनको स्थानमा उदयपुरका प्रजिअ प्रेम प्रसाद लुईंटेलले धनुषाको नेतृत्व सम्हाल्नेछन्। यसैगरी, रौतहटमा पनि प्रजिअ बिनोद कुमार खड्कालाई धनकुटा सरुवा गरिएको छ र उनको ठाउँमा सिन्धुलीबाट दिनेश सागर भुसाल आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button