मधेस प्रदेशस्वास्थ्य

नागरिकको शान्ति सुरक्षा र सरकारी सेवा प्रवाहको सुगम बनाउनु मेरो दायित्व होः प्रजिअ सुवेदी

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले नागरिकको शान्ति सुरक्षा कायम राख्दै सरकारी कार्यालयमार्फत प्रवाह हुने सेवा–सुविधालाई व्यवस्थित बनाउने आफ्नो प्रमुख दायित्व हुने बताएका छन्।

मंगलबार वीरगंजमा संचारकर्मीहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लाका समस्याहरू क्रमशः पहिचान गरी समाधान गर्ने दिशामा योजनाबद्ध रूपमा अघि बढने बताए ।

उनले हाल वीरगंजमा फैलिएको हैजा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूसँग समन्वय गरी प्रभावकारी कदम चालिने बताए। साथै, सिमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि रोकथामका लागि निगरानी कडा पारिने उल्लेख गर्दै अवैध कारोबार तथा अपराधजन्य कार्यलाई नियन्त्रण गर्न प्रशासन सक्रिय रहने प्रतिवद्धता जनाए।

त्यसैगरी, मलखादमा हुने कालोबजारी नियन्त्रण गर्न नियमित अनुगमन गरिने र किसानलाई सहज रूपमा मल उपलब्ध गराउने सुनिश्चिततामा प्रशासन जुट्ने उनले स्पष्ट पारे।

सेवाग्राहीको बढी चाप हुने कार्यालयहरूमा आवश्यक व्यवस्थापन गरेर सहज र छिटो सेवा प्रवाह गराइने सिडिओ सुवेदीको भनाइ छ।

राष्ट्रिय परिचयपत्र बनाउन लाग्ने भीड नियन्त्रणका लागि विशेष कदम चालिने उनले प्रतिवद्धता जनाउँदै, “नागरिकले सहज रूपमा सेवा पाउनु पर्छ भन्ने मेरो प्राथमिकता हुनेछ,” सुवेदीले भने।सुवेदीले संचारकर्मीहरूसँग सहकार्य गर्दै प्रशासनिक कामलाई अझ प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button