स्वास्थ्य

झाडापखाला र हैजाका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन मन्त्री पौडेलकोे निर्देशन

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीरगंजकाे नारायणी अस्पतालमा झाडापखाला र हैजाका बिरामीलाई निःशुल्क औषधि र उपचार उपलब्ध गराउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

मन्त्री पौडेलले अस्पतालमा उपचाररत बिरामीसँग सेवा र गुनासाबारे जानकारी लिँदै कुनै पनि बिरामीले औषधि किन्न नपर्ने व्यवस्था मिलाउन आग्रह गरे । साथै, औषधि अभाव नहोस् भनी तीनै तहका सरकारसँग समन्वय गरी आवश्यक जनशक्ति र सामग्री उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षत्रीले दीर्घकालीन योजना सहित अस्पतालमा औषधि उपलब्ध गराइरहेको जानकारी दिए । वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले एकद्वार प्रणालीबाट उपचार र औषधि वितरणमा जोड दिए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासका अनुसार हाल ४८ जना बिरामीको उपचार भइरहेको छ भने प्रादेशिक अस्पताल गौर र कलैयाँबाट चिकित्सकसहितको टोली सेवा दिइरहेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म २५४ जना बिरामी दर्ता भएका छन्, जसमा १०३ जना उपचाररत, १२४ जना घर फर्किसकेका, र २२ जना आइसियुमा रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button