रूबी हत्या प्रकरण: जलेका मुख्य आरोपीलाई उपचारका लागि किर्तिपुर पठाईयो

रौतहट, ११ भदौ ।
रौतहटमा निकै चर्चित बनेको रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।
प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि कीर्तिपुर स्थित बर्न सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीले जानकारी दिएका छन्।
आत्मदाहको प्रयासपछि पक्राउ
प्रहरीका अनुसार माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचामा पासवान आफैंले डिजेल खन्याई शरीरमा आगो लगाएका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उद्धार गरी तुरुन्तै अस्पताल पुर्याएको थियो। प्रहरी स्रोतका अनुसार उनको टाउकोसहित शरीरको धेरै भाग जलेको छ र बोल्नसमेत गाह्रो भएको छ।
हत्या प्रकरणको पृष्ठभूमि :- गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक २६ वर्षीया रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो। सुटकेस डोरीले बाँधिएको अवस्थामा भेटिएकोले यसलाई योजनाबद्ध हत्या ठानिएको थियो। अनुसन्धानबाट प्रारम्भिक रूपमा खुलेको तथ्यअनुसार, पासवानले गौरस्थित डेरामा रुबीको हत्या गरी शव सुटकेसमा राखेर इ–रिक्सामा लैजान खोजेका थिए। तर, रिक्सामा समस्या आएपछि सुटकेस त्यही छाडेर भागेका थिए। प्रहरीले अनुसन्धानका क्रममा ५०० रुपैयाँ भाडामा संलग्न रिक्साचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पासवानमाथि शंका पुष्टि भएको हो।
रुबी र पासवानबीचको सम्बन्ध:-
प्रहरीका अनुसार लक्ष्मण पासवान रुबीप्रति अत्यधिक आसक्त थिए। उनले आफ्नो हात, छातीलगायत शरीरका विभिन्न भागमा ‘रुबि कुमारी’ लेखिएका ट्याटु खोपेका थिए। प्रहरीले यसलाई प्रेमप्रेरित हत्या (crime of passion) को रुपमा लिएको छ ।
रुबि साह हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्।
स्थायी ठेगाना : माधवनारायण–६, मधोपुर
आमाः सुनिच्छा देवी
वैवाहिक स्थिति : भारत, बिहार, मुजफ्फरपुरका शिवकुमार साहसँग करिब १३ वर्षअघि विवाह
सन्तान : ४ वर्षीय एक छोरा
पारिवारिक विवादका कारण केही महिना यता रुबी गौरमै भाडाको कोठामा बस्दै आएकी थिइन्।
यो घटनाले रौतहटमा मात्र होइन, सम्पूर्ण तराईमा महिला हिंसासम्बन्धी गम्भीर प्रश्न उठाएको छ। पारिवारिक–वैवाहिक सम्बन्ध जटिल हुँदा महिलामाथि हुने हिंसाका घटना बढ्दै गएका देखिन्छन्। यस प्रकरणले सुरक्षा, सामाजिक सोच र न्याय प्रणालीबारे पनि प्रश्न खडा गरेको छ।
प्रहरीले मुख्य आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाए पनि घटना किन र कसरी भयो भन्ने सम्पूर्ण पृष्ठभूमि अझै स्पष्ट हुन बाँकी छ।




I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.info/register?ref=IHJUI7TF