वीरगंजका एक युवककाे शव दुई वर्षदेखि साउदीमा अलपत्र

वीरगंज । मधेश प्रदेशकाे वीरगंज महानगरपालिका–३२ का लोकबहादुर सुनुवारको शव विगत दुई वर्षदेखि साउदी अरबमा अलपत्र अवस्थामा रहेको छ। सुनुवारको सन् २०२१ सेप्टेम्बर (२०७८ भदौ) मा करेन्ट लागेर मृत्यु भए पनि हालसम्म उनको शव नेपाल ल्याउन सकिएको छैन।शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मृतकका परिवारले शव नेपाल ल्याइदिन, क्षतिपूर्ति उपलब्ध गराइदिन तथा दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।
मृतकका परिवारका अनुसार लोकबहादुर सुनुवार साउदीको जेहामा रहेको मोर्डन कार वास कम्पनीमा कार्यरत थिए। काम गर्ने क्रममा इलेक्ट्रिक सर्ट भएर गम्भीर घाइते भएका सुनुवारको उपचारको क्रममा बेश जनरल जी–जान अस्पतालमा मृत्यु भएको हो। पीडित परिवारले साउदीस्थित नेपाली महाबाणिज्य दूतावासलाई जिम्मेवारी बहन नगरेको आरोप लगाएका छन्। परिवारका अनुसार दूतावासले नेपाली नागरिकको सरोकारका विषयमा चासो देखाउनुभन्दा उल्टै कम्पनीको पक्षपोषण गरिरहेको छ।
मृतक सुनुवारको शव तत्काल नेपाल ल्याइदिने, परिवारलाई नियमानुसार क्षतिपूर्ति उपलब्ध गराउने तथा रोजगारदाता कम्पनीमाथि छानबिन गरी दोषी ठहरिएमा कारबाही गर्नुपर्ने माग परिवारले सार्वजनिक रूपमा राखेको हो। सरकार, सम्बन्धित निकाय र साउदीस्थित दूतावासको गम्भीर ध्यानाकर्षण गराउँदै परिवारले न्यायको आशामा देशभरका नागरिक तथा सञ्चारकर्मीहरूलाई साथ दिन अपील गरेका छन्।




I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.