मधेस प्रदेशसमाचारसमाज

प्रतीक दैनिकको वार्षिकोत्सवमा वीरगञ्जका तीन पत्रकार सम्मानित हुने

Ad 1
Ad 2
Ad 3
Ad 4

प्रतीक दैनिकको वार्षिकोत्सवमा तीन पत्रकार सम्मानित हुने
पर्सा । प्रतीक दैनिकले आगामी भदौ १ गते मनाउने वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रका तीन स्रष्टालाई पुरस्कृत गर्ने भएको छ।संस्थाको निर्णयअनुसार, स्व। सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार क्रान्ति शाहलाई प्रदान गरिनेछ।उनी अन्नपुर्णपोष्टका पर्सा सम्वाददाता र मधेश खबरका संचालक हुन । यस्तै, उत्कृष्ट स्तम्भकारको रूपमा ओम प्रकाश खनाललाई पुरस्कृत गरिने संस्थाले जनाएको छ । उनी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा अभियान दैनिकका पर्सा सम्वाददाता हुन यसैगरी उत्कृष्ट संवाददाता पुरस्कारका लागि प्रमोद यादव चयन भएका छन्।

दैनिकका अनुसार पत्रकारितामा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण गरिँदै आएको छ। यस वर्ष पनि तीन विधामा योग्य पत्रकारहरूलाई छनोट गरिएको हो।पुरस्कार वितरण समारोह भदौ १ गते विशेष कार्यक्रमका साथ आयोजना गरिनेछ। सो अवसरमा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button