मधेस प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

बहुदरमाईमा २ मा मस्जिदको उद्घाटन, पूर्वमन्त्री कुर्मीको बजेटबाट निर्माण

पर्साको बहुदरमाई नगरपालिका–२ बैरियामा नुरी जाम्मे मस्जिद परिसरमा पूर्वमन्त्री तथा संघीय सांसद रमेश प्रसाद कुर्मीको बजेटबाट निर्माण गरिएको दुईवटा मस्जिदको उद्घाटन गरिएको छ।

आयोजित उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, पूर्वमन्त्री करिमा बेगम, बहुदरमाई मेयर प्रत्याशी शिव पटेल, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य शशिकपूर मियाँ, बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह, समाजसेवी प्रमोद कुशवाहा र वडा नं. २ का वडाध्यक्ष जितेन्द्र पटेलको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले धार्मिक सहिष्णुता र सामुदायिक एकताको सन्देश दिँदै धार्मिक स्थलहरूको संरक्षण र विकासमा सबैको सक्रियता आवश्यक रहेको धारणा राखे। मस्जिद निर्माणले स्थानीय मुस्लिम समुदायलाई सुविधाजनक वातावरणमा धार्मिक अभ्यास गर्न थप सहज हुने बताइयो छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button