मधेस प्रदेशसमाचार

सुक्खाग्रस्त मधेसका किसानलाई १८ करोडको स्यालो ट्युबवेल वितरण गर्दै मधेस सरकार

जनकपुरधाम,साउन १७ ।
पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका मधेसका किसानका लागि मधेस प्रदेश सरकारले १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ ।

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत पर्सा,बारा सहित प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरणको योजना ल्याएको हो।

पर्सा,बारा, रौतहट, सर्लाही ,धनुषा, महोत्तरी, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित जिल्लामा रहेको कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए।
जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा आठ वटै जिल्लामा १ हजार २०० वटा स्यालो ट्युबवेल वितरण गरिने उनको भनाइ छ।

एउटा स्यालो ट्युबवेल जडान गर्न एक लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च हुने मन्त्रालयको अनुमान छ। साथै सोलार जोड्दा थप खर्च हुनेछ। ट्युबवेल जडान गर्दा पानीको सतह ९गहिराई० कति छ त्यसको आधारमा खर्च लाग्ने उनको भनाइ रहेको छ।

स्यालो ट्युबवेल वितरणका लागि अहिले सातदिने सूचना जारी गरिएको छ। एउटा ट्युबवेल लिनका लागि दुई बिघा खेतीयुक्त जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्ने नियम बनाइएको छ।मन्त्रालयले खडेरीका कारण र पानीको अभाव हुदाँ धेस प्रदेशमा अहिलेसम्म ५० प्रतिशतमात्रै धानखेती भएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button