स्थानीय

वीरगंजको लजबाट ठुलो परिमाणमा ट्रामाडोल सहित एक भारतीय पक्राउ

वीरगन्ज । वीरगन्ज ८ लिंकरोडमा रहेको समर होटल एण्ड लजबाट प्रहरीले लागुऔषध सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको भेलाही घर भएका २० वर्षीय सागर कुमार पटेल पक्राउ परेका हुन् ।

प्रहरी टोलीले उक्त लजको १०५ नम्बर कोठामा पुगेर खानतलासी गर्दा त्यहाँ रहेका पटेलको साथबाट प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट ३० हजार पिस (३ हजार पत्ता) बरामद भएको हो ।

लागुऔषधसहित पक्राउ परेका पटेललाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button