राजनीतिसमाचार

बंगलादेश चुनाव : मतदान सकियो, ४८ प्रतिशतले गरे मतदान

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । बंगलादेशमा आम चुनावको मतदान सकिएको छ । २९९ सिटका लागि आज मतदान भएको हो । बिहान ७ः३० बजेबाट देशभर मतदान सुरु भएको थियो ।

बंगलादेशको निर्वाचन आयोगका अनुसार ३६ हजार मतदान केन्द्रहरूमा ४७.९१ प्रतिशत मतदान भएको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेको लगभग डेढ वर्षपछि पहिलोपटक आम चुनाव भएको हो ।

यसैबीच, देशभर मतगणना सुरु भएको छ । राति ८ बजेबाट निर्वाचनको नतिजा सार्वजनिक हुन सुरु हुने बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button