मधेस प्रदेशविचारसमाचारसमाजस्थानीय

रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ 

Ad 1
Ad 2
Ad 3
Ad 4
वीरगन्ज , आषाढ,६।
    रकम लिएर नाबालिका छोरीको भारतीय नागरिकसँग विवाह गराएको आरोपमा शुक्रबार प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पर्सा प्रहरीका अनुसार पोखरिया नगरपालिकाको शिबर्वा निवासी (क ) नाम गरेकी महिलाले रकम लिएर आफ्नै नाबालिका छोरीको भारतीय नागरिकसँग विवाह गराएकी थिइन् । 

प्रहरीमा आफ्नै आमाले बाल विवाह गराएको भन्दै जाहेरी परेपछि (क) नाम गरेकी ती महिलालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार बाल र अन्तरजातीय विवाह गरिदिएको आरोपमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो ।

पीडित नाबालिकाको हजुरबुवाले बुहारीसहित पाँच जना मिलेर नातिनीको बालविवाह गराएको जाहेरी  दिएका थिए । उक्त जाहेरीमा ४ लाख ८० हजार रुपैयाँ लिएर (क) नाम गरेको आमासहित ५ जनाले नाबालिकालाई प्रलोभनमा पारी बालविवाह गर्न लगाएको प्रहरी स्रोतले बतायो ।

प्रहरी स्रोतका अनुसार हजुरबुवाले जाहेरीमा भनेका छन्,‘२३ जेठमा मेरो १३ वर्षीया नातिनीलाई विभिन्न प्रलोभनमा पारी भारतको छपवा सुगौलीमा लगिएको थियो, मेरो बुहारीसहित गाउँका पाँच जनाको संयुक्त योजनामा भारतीय सुनिल तिवारीसंग नगद ४ लाख ८० हजार रुपैयाँ लिएर जबरजस्ती विवाह गराइदिए । जुन घटनाको वास्तविकताबारे नातिनी जब घरमा फर्केर आइन्, त्यो बेला मात्रै थाहा पाइयो ।’

नाबालिकाका बुवा कामको सिलसिलामा भारतमा रहेको बताइएको छ । घटनापछि प्रहरीले थप अनुसन्धानको लागि मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।

पक्राउ आमामाथि बाल विवाहसम्बन्धी कसुरमा पाँच दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button