मधेस प्रदेशराजनीतिशिक्षासमाचारस्थानीय

पर्साको पर्सागढी नगरपालिकाको १३ औं नगर सभा सम्पन्न, ५६ करोड ६ लाखको बजेट प्रस्तुत

Ad 1
Ad 2
Ad 3
Ad 4

रामनिवास कुमार पटेल
पर्सा ,७ असार ।  
पर्साको पर्सागढी नगरपालिकाको १३ औं नगर सभा अधिवेशन सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा सम्पन्न उक्त अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।

नगरपालिका अध्यक्ष गौकरण पाठकको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष पूजा चाैधरी , प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहसहित स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी र स्थानीयवासीको सहभागिता रहेको थियो। सभामा ५६ करोड ६ लाख २ हजार ४ सय ७९ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको हो।

सभामा अध्यक्ष पाठकले नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा सुझाव र सहयोग गर्ने आम नागरिक, स्थानीय प्रतिनिधिहरू, शिक्षक, कर्मचारी, तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै नीति कार्यान्वयनमा निरन्तर साथ–सहयोग रहने अपेक्षा व्यक्त गरे। कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद पौडेलले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button