गरुडा नगरपालिकाको १३औं नगरसभा उद्घाटन , मन्त्री गुप्ताद्वारा सुशासन र समावेशी विकासमा जोड

नगरसभामा प्रमुख अतिथिको रूपमा मन्तव्य दिँदै मन्त्री गुप्ताले गरुडा नगरपालिकालाई प्रदेशकै नमुना नगरपालिका बनाउने अभियानमा सरकारको साथ सदैव रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले स्थानिय तहमा सुशासन, पारदर्शिता, विकास र समावेशी सहभागिता सुनिश्चित गर्न आवश्यक नीति तथा स्रोत साधन उपलब्ध गराउन संघीय सरकारले प्राथमिकता दिएको स्पष्ट पार्नुभयो।
“गरुडा नगरपालिकाले देखाएको योजनाबद्ध विकास र जनउत्तरदायी सेवा प्रवाह अरु नगरपालिकाका लागि पनि प्रेरणा बन्नेछ,” मन्त्री गुप्ताले भन्नुभयो।
कार्यक्रममा नगर प्रमुखले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ६९ करोड २६ लाख १७ हजारको बजेट विनियोजन गरिएको जानकारी गराउनु भयो। बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, कृषिमा आधुनिकीकरण, तथा महिला, बालबालिका र वृद्धजन लक्षित कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ।
कार्यक्रममा संघीय सांसद, प्रदेशसभा सदस्य, जनप्रतिनिधि, सरोकारवाला निकाय, नागरिक समाज तथा स्थानिय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।



