के विश्व दुई ध्रुवीय शक्तिकेन्द्र निर्माणतर्फ अघि बढ्दै छ ?

टेकराज पौडेल
विश्व राजनीति अहिले सतहमा देखिएजस्तो सरल छैन । पछिल्ला केही हप्ताका घटनाक्रमले स्पष्ट संकेत दिएका छन् कि अबको शक्ति संघर्ष केवल युद्धभूमिमा हुने छैन, आर्थिक संरचना, ऊर्जा नियन्त्रण, मुद्रा प्रणाली र रणनीतिक धुरीहरूको पुनर्गठनमै केन्द्रित हुनेछ । अमेरिका, चीन, रसिया र इरानबीच विकसित भइरहेको सम्बन्धलाई केवल कूटनीतिक उतारचढावको रूपमा बुझ्नु भूल हुनेछ । यो वास्तवमा विश्व शक्ति सन्तुलन पुनर्लेखनको प्रक्रिया हो ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चाइना भ्रमणमा आए । चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएका संवादहरूलाई लिएर विश्व राजनीतिमा अनेक विश्लेषण भइरहेका छन् । विशेषगरी ताइवानकाई अमेरिकाले प्राथमिकतामा नराख्ने भनेर चिनलाई आस्वस्त पार्न खोजे, रसियाका मुद्दाप्रति पनि ट्रम्पले पुटिनसँग आफूले युक्रेनलाई आर्थिक भौतिक सहयोग नगर्ने र सेनासम्म फिर्ता गर्ने तहसम्मको समझदार पुटिनसँग हुनसक्ने भन्दै सीको विश्वास जित्न खोजे । इरानका पनि दुवै पक्षलाई मान्य हुने विषयमा अमेरिकाले आफ्नो परम्परागत कडा रणनीतिमा केही लचकता देखाउन खोजेको संकेत देखियो । ट्रम्पको ‘अमेरिका पहिले’ नीति अब विश्व दादागिरीको भूमिकाबाट क्रमशः पछि हट्दै आर्थिक तथा आन्तरिक प्राथमिकतामा फर्किन खोजेको रूपमा पनि बुझ्न सकिन्छ ।
तर हिजो मात्र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन पनि बेइजिङ उत्रे । पुटिन र सी जिनपिङबीचको पछिल्लो संवादले अर्को गहिरो सन्देश प्रवाह गरेको छ ।
तर हिजो मात्र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन पनि बेइजिङ उत्रे । पुटिन र सी जिनपिङबीचको पछिल्लो संवादले अर्को गहिरो सन्देश प्रवाह गरेको छ । ट्रम्पले सी विश्वकै महान नेता भन्दै फकाउन खोजे पनि सीले अमेरिकासँग पूर्ण रणनीतिक समझदारीमा जान तयार छैन भन्ने जवाफ हिजो मात्र पुटिनसँग भएको वार्ताको निष्कर्षले बताएको छ । बरु ऊ बहुध्रुवीय विश्व व्यवस्थाको निर्माणमा रसियासँगै उभिएको देखिन्छ ।
रसिया र चाइनाको नयाँ रणनीतिका कारण अब इरानको प्रश्न निर्णायक बन्छ । इरान केवल मध्यपूर्वको एउटा देश मात्र होइन, ऊ अमेरिकी प्रभुत्वविरुद्ध उभिएको एउटा जोशिलो ऊर्जासहितको राजनीतिक प्रतिरोधको प्रतीक हो ।
अमेरिकाले दशकौंदेखि तेल व्यापारलाई डलरमा आधारित बनाएर आफ्नो विश्व आर्थिक प्रभाव कायम राखेको छ । यही ‘पेट्रोडलर’ प्रणालीले अमेरिकालाई विश्व अर्थतन्त्रको केन्द्रमा राखेको हो ।
अमेरिकाले दशकौंदेखि तेल व्यापारलाई डलरमा आधारित बनाएर आफ्नो विश्व आर्थिक प्रभाव कायम राखेको छ । यही ‘पेट्रोडलर’ प्रणालीले अमेरिकालाई विश्व अर्थतन्त्रको केन्द्रमा राखेको हो । जसलाई अब चाइना र रसियाले आफ्ना मुद्रामा किनबेच गर्नेगरी तयारीको अवस्थामा छन् ।
चीन, रसिया र इरानजस्ता देशहरूले यही संरचनालाई स्थायि बनाएर अमेरिकालाई चुनौती दिन थालेका छन् । युआनमा तेल कारोबार, वैकल्पिक बैंकिङ प्रणाली, ब्रिक्स राष्ट्रहरूको वित्तीय सहकार्य तथा अमेरिकी प्रतिबन्धलाई छल्ने आर्थिक संयन्त्रहरू विस्तार हुँदै जानु सामान्य घटना होइन । यसले विश्व शक्ति संरचनामा गहिरो परिवर्तनको संकेत गर्छ ।
चीनको अहिलेको मुख्य रणनीतिक चासो केवल ताइवान होइन, ऊर्जा सुरक्षा समेत हो । यदि अमेरिका–इरान तनाव युद्धमा बदलियो र होर्मुज जलडमरूमध्य अस्थिर बन्यो भने चीनको औद्योगिक अर्थतन्त्रमा प्रत्यक्ष असर पर्छ ।
चीनको अहिलेको मुख्य रणनीतिक चासो केवल ताइवान होइन, ऊर्जा सुरक्षा समेत हो । यदि अमेरिका–इरान तनाव युद्धमा बदलियो र होर्मुज जलडमरूमध्य अस्थिर बन्यो भने चीनको औद्योगिक अर्थतन्त्रमा प्रत्यक्ष असर पर्छ । त्यसैले चीन इरानलाई पूर्ण रूपमा एक्लो पार्न चाहँदैन । ऊ अमेरिकालाई मध्यपूर्वमा पूर्ण नियन्त्रण दिन पनि इच्छुक छैन ।
रसियाको दृष्टिकोण अझ स्पष्ट छ । युक्रेन युद्धपछि रसिया पश्चिमी शक्तिसँग खुला टकरावमा प्रवेश गरिसकेको छ । यस्तो अवस्थामा अमेरिका मध्यपूर्वमा अल्झियो भने रसियालाई युक्रेन मोर्चामा रणनीतिक राहत मिल्छ । त्यसैले अहिले रसिया, चीन र इरानबीच औपचारिक सैन्य गठबन्धन नभए पनि साझा रणनीतिक समझदारी विकसित भइरहेको देखिन्छ । तर यहाँ एउटा महत्वपूर्ण तथ्य बुझ्न जरुरी छ– चीन अझै पनि अमेरिकी बजार, डलर प्रणाली र विश्व व्यापारिक संरचनासँग गहिरो रूपमा जोडिएको छ । त्यसैले चीनले इरानका लागि अमेरिका विरुद्ध प्रत्यक्ष युद्धको जोखिम उठाउने सम्भावना तत्काल कम छ । चीनको रणनीति सधैं दीर्घकालीन, संयमित र बहुआयामिक हुन्छ । ऊ प्रत्यक्ष युद्धभन्दा ‘नियन्त्रित तनाव’बाट लाभ लिन खोज्छ ।
अब प्रश्न उठ्छ– पेट्रोडलरको भविष्य के होला ?
यसको उत्तर तत्काल युद्धमा होइन, क्रमिक आर्थिक पुनर्संरचनामा लुकेको छ । यदि चीनले साउदी अरब, इरान र रसियासँग युआनमा ऊर्जा कारोबारलाई विस्तार गर्न सफल भयो भने डलरको विश्व वर्चस्व विस्तारै कमजोर हुन सक्छ । तर डलर तुरुन्तै ढल्ने अवस्थामा भने छैन, किनकी विश्व वित्तीय संरचना, अन्तर्राष्ट्रिय बैंकिङ प्रणाली र सुरक्षा संयन्त्र अझै अमेरिकाकै प्रभावमा छन् । अहिलेको विश्व परिस्थिति हेर्दा अब प्रत्यक्ष विश्वयुद्धभन्दा ‘प्रतिनिधि युद्ध’, साइबर आक्रमण, आर्थिक प्रतिबन्ध, मुद्रा प्रतिस्पर्धा र ऊर्जा मार्गहरूको नियन्त्रण नै मुख्य संघर्ष बन्ने देखिन्छ ।
अमेरिका इरानलाई कमजोर पार्न चाहन्छ, तर चीन र रसियाले इरानलाई पूर्ण रूपमा ढल्न दिने पक्षमा देखिँदैनन् ।
अमेरिका इरानलाई कमजोर पार्न चाहन्छ, तर चीन र रसियाले इरानलाई पूर्ण रूपमा ढल्न दिने पक्षमा देखिँदैनन् । यसबीच सबैभन्दा रोचक कुरा के छ भने विश्व पुनः दुई ध्रुवमा विभाजित हुँदै गएको आभास भइरहे पनि यो पुरानो शीतयुद्धजस्तो स्पष्ट संरचनामा छैन । अहिलेको संघर्ष विचारधाराभन्दा बढी आर्थिक प्रभुत्व, प्रविधि नियन्त्रण, ऊर्जा पहुँच र मुद्रा प्रभावको लडाइँ हो । त्यसैले आजको विश्व राजनीतिलाई केवल ‘अमेरिकाविरुद्ध इरान’ भनेर बुझ्न सकिँदैन । यो वास्तवमा विश्व शक्ति केन्द्रहरू पुनर्संरचना हुने संक्रमणकाल हो । र सम्भवतः इतिहासले पछि यही समयलाई ‘एकध्रुवीय विश्वबाट बहुध्रुवीय विश्वतर्फको निर्णायक मोड’का रूपमा सम्झिनेछ ।



