
विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन साहले संसद्लाई छल्ने, अपमान गर्ने र जनताको मतको उपेक्षा गर्ने काम गरेको भन्दै संसद अवरुद्ध गरेका हुन् । प्रधानमन्त्री साह विधेयक पेश गर्न समेत नआएको भन्दै सांसदहरुले विरोध गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।



