राजनीति

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

बीरगंज । वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएका छन्।

विशेष आदालतमा साेमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य,हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दामा सिंहसहित ७ जनालाई सफाई दिएकाे हाे।अदालतकाे उक्त आदेशसंगै सिंहकाे निलम्बनमा परेकाे मेयर पद संवत् फुकुवा भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले गत जेठ २५ गते विशेष अदालतमा सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित सिंहसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेकाे थियने ।उक्त मुद्दा दायर भएसंगै सिंह मेयर पदबाट निलम्बनमा परेका थिए ।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा भएका व्यक्तिको पद निलम्बन हुने कानुनी व्यवस्था अनुसार गत जेठ २५ गतेदेखि उनि निलम्बनमा परेका थिए।

सिंहले सिन्धुपाल्चोककाे इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी नागरिकता दिलाएकाे आराेप अख्तियारकाे थियाे । तर सिंहले भने भट्टराई आफ्नाे दाेस्राे श्रीमती भएको भन्दै दाबी गर्दै आएका छन्।

विशेष अदालतमा अख्तियारले सिंहसंगै वीरगन्ज-३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल,गृहमन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि मुद्दा दायर गरेकाे थियाे।

Related Articles

Back to top button