राजनीतिसमाचार

महिलामन्त्री बादीको सम्पत्ति : १८ तोला सुन, २० वटा कुखुरा र एउटा कुकुर

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । महिला तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । जसअनुसार बादीको १८ तोला सुन रहेको छ ।

यस्तै, चाँदी १५ तोला र ५० हजार नगद रहेको विवरणमा उल्लेख गरिएको छ । उनले एनआईसी एसिया र प्रभु बैंकमा १५ लाख नगद मौज्दात रहेको विवरण बुझाएकी छन् ।

आफ्नो र श्रीमानको नाममा स्कुटर र मोटरसाइकल एक–एक थान रहेको विवरण पनि उनले बुझाएकी छन् । २० वटा कुखुरा र एउटा कुकुर रहेको विवरण पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button