राजनीतिसमाचार

अर्थमन्त्री स्वर्णिम वाग्लेको १२ करोडभन्दा बढीको घर जग्गा

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेसँग १२ करोडभन्दा बढीको घर जग्गा रहेको विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार अर्थमन्त्री वाग्लेले ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, भैँसेपाटीमा ५ करोडको जग्गामा बनेको घर, काभ्रेको धुलिखेलमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र बन्दिपुरमा २ करोडको जग्गा रहेको विवरणसहित सम्पत्ति विवरण बुझाएका छन् ।

यसैगरी, सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता सेयर रहेको उल्लेख गरेका छन् । अर्थमन्त्री वाग्लेले सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता प्रमोटर सेयर रहेको उल्लेख गरेका छन् । अपर मादी खोला हाइड्रोमा ३ करोडको शेयर रहेको विवरण बुझएका छन् ।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख, ठूलो खोलमा ६० लाखको शेयर रहेको विवरणमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button