समाचार

कामदारमाथि निर्घात कुटपिट गर्ने कुखुरा फर्मका सञ्चालक पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । पर्सामा कामदारमाथि निर्घात कुटपिट गर्ने कुखुरा फर्मका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। कामदारमाथि कुटपिट गरेको आरोपमा वीरगन्ज महानगरपालिका– १७ निवासी ३० वर्षीय सकिनलाल देवान पक्राउ परेका हुन्।

परवानीपुर प्रहरी चौकीअगाडि ‘साबिर फ्रेस हाउस एन्ड सप्लायर्स’का सञ्चालक देवानले आफ्नै फर्ममा कार्यरत २० वर्षीय नूरआलम देवानलाई कुटपिट गरेका हुन्। कामदारलाई लठ्ठीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

भाइरल भिडियोमा साहु देवानले कामदार नूरले पसलबाट कुखुरा चोरी गरेर बिक्री गरेको आरोप लगाउँदै निर्घात कुटपिट गरिरहेको देखिन्छ। घटना सार्वजनिक भएसँगै चौतर्फी आलोचनापछि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button