राजनीतिसमाचार

जसपाका युवा नेता मधुसुदन चौरसिया सहितका नेताहरू एमाले प्रवेश

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) का युवा नेता तथा बिन्दवासिनी गाउँपालिका प्रमुखका प्रत्यासी मधुसुदन चौरसिया सहितका नेताहरू औपचारिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका छन् ।

राजधानीमा आयोजित विशेष कार्यक्रममा नवप्रवेशी नेताहरूलाई एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ले खादा तथा टीका लगाएर स्वागत गरे । सो अवसरमा ओकिल मियाँ, नन्दु साह कानु, सोयल अख्तर र प्रभु बैठा लगायतका सक्रिय स्थानीय नेताहरू पनि एमालेमा समाहित भएका छन् ।

 

नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले देशको समृद्धि, सुशासन र तीव्र विकासका लागि एमाले नै सक्षम र भरोसायोग्य शक्ति भएको उल्लेख गरे ।

उनले नवप्रवेशी नेताहरूको आगमनले पार्टी संगठन अझ मजबुत बन्ने विश्वास व्यक्त गर्दै स्थानीय तहदेखि संघीय तहसम्म स्थायित्वका लागि एमाले नेतृत्व आवश्यक रहेको धारणा राखे ।

 

नवप्रवेशी नेताहरूले राष्ट्रिय एकता, विकास र स्थायित्वको एजेन्डा कार्यान्वयन गर्न एमालेको नेतृत्वमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

 

पछिल्लो समय पर्सा जिल्लामा विभिन्न दलका नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्ने क्रम बढ्दै गएको बताइएको छ । यसलाई पार्टीले संगठन सुदृढीकरण र जनाधार विस्तारको संकेतका रूपमा लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button