मधेस प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

पर्सागढी–६ मा महाशिवरात्रि अवसरमा प्रसाद वितरण

Ad 1
Ad 2
Ad 3
Ad 4

रामनिवास कुमार पटेल
पर्सा । पर्सागढी नगरपालिका–६,चैनपुरस्थित श्री सिद्धनाथ बाबा मन्दिरको प्राङ्गणमा महाशिवरात्रि पर्वको अवसरमा श्रद्धालुहरूलाई प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ। आइतबार आयोजित उक्त कार्यक्रममा पर्सागढी–६ का जय प्रकाश यादवको पहलमा करिब सयभन्दा बढी भक्तजनलाई भाङसहित प्रसाद वितरण गरिएको हो।

समाजसेवी मुकेश मण्डलका अनुसार धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। स्थानीय समुदायको सहभागिता र सहयोगका कारण कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको उनले जानकारी दिए।

कार्यक्रमबारे बोल्दै आयोजक जय प्रकाश यादवले समाजसेवा र धार्मिक आस्थाबीचको सम्बन्ध सुदृढ बनाउने लक्ष्यका साथ हरेक पर्व र अवसरमा यस्ता गतिविधि निरन्तर गर्दै आएको बताए। “आजको प्रसाद वितरण कार्यक्रम हाम्रो एकता, सेवा भावना र समर्पणको प्रतीक हो,” उनले भने।

कार्यक्रम सफल बनाउन पर्सागढी–७ का समाजसेवी वर्मा पटेल, धीरज पटेल, उत्तम पटेल, सोनु पटेल, समाजसेवी आशीर्वाद कलवार, स्वयंसेवकहरू तथा स्थानीय शुभेच्छुकहरूको उल्लेखनीय सहयोग रहेको आयोजक पक्षले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button