
काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको भ्रमबाट सचेत रहन आह्वान गरेको छ ।
शनिबार एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख मीनबहादुर शाहीले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्नसक्ने यथार्थप्रति सचेत रहन आह्वान गरेका हुन् । शाहीका अनुसार राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्नेछ ।
विभाग प्रमुख शाहीले सबै मतदातालाई विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरे । लोकप्रियतावादको प्रभाव विश्वका धेरै देश र दक्षिण एशियाका केही देशहरूमा देखिएको उल्लेख गर्दै उनले नेपालमा…




