राजनीतिसमाचार

वीरगञ्ज–२४ बहुअरीमा एमालेको घरदैलो : रिमा यादवलाई फुलमालासहित भव्य स्वागत

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२४ बहुअरीमा आज नेकपा एमालेको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।घरदैलोको क्रममा स्थानियहरुले उम्मेदवार रिमा कुमारी यादवलाई फुलमाला लगाएर स्वागत गर्दै सम्मान प्रकट गरेका थिए।घरदैलोका क्रममा टोल–टोलमा पुगेकी यादवलाई मतदाताले “रिमा यादव लक्ष्मीको स्वरुप हुन्, उनको जित निश्चित छ” भन्दै खुलेर समर्थन जनाएका थिए। उनीहरुले उनलाई फुलमाला ,अबिर टिका लगाई सगुनको रुपमा दही र मिठाई खुवाएर सम्मान गरेका थिए ।

यादवले घरदैलोका क्रममा स्थानीयका समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुनेकी थिइन्। उनले आफू भाषणमा होइन, काममा विश्वास गर्ने नेतृ भएको बताउँदै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने प्रतिबद्धता जनाइन्। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भनिन्। उनले महिलाको आवाज सदन सम्म पुरयाउन फागुन २१को चुनावमा सुर्य चिन्हमा मतदान गरि आफुलाई बिजयी गराउन आग्रह गरिन ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, वडा नम्बर २४ का वडा अध्यक्ष विजय कुर्मी, २३ का वडा अध्यक्ष अवधकिशोर कुशवाहा लगायत स्थानीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। घरदैलोमा स्थानिय नेता कार्यकर्ता सगंै युवा नेता मुकेश द्विवेदी, अजय साह, पिन्टु उपाध्याय, अमल यादव,प्रधुमन यादव,बिकी सिंह सहित ठूलो संख्यामा समर्थकको सहभागिता देखिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button