राजनीति

छपकैया –३मा एमाले उम्मदेवार रिमा यादवद्वारा सम्पर्क कार्यालय उद्घाटन

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । नेकपा एमाले पर्सा–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर –३ छपकैयामा चुनाव लक्षित सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्। बुधबार साँझ आयोजित एक कार्यक्रमका बीच यादवले रिबन काटेर कार्यालय शुभारम्भ गरेकी हुन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले चुनावी गतिविधिलाई व्यवस्थित, प्रभावकारी र मतदातामुखी बनाउन सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको बताइन्। उनले भनिन्, “चुनावी अभियानलाई सहज र व्यवस्थित ढंगले सञ्चालन गर्न यो कार्यालय खोलिएको हो। यहाँबाट मतदातासँग प्रत्यक्ष समन्वय, सुझाव संकलन र कार्यक्रम व्यवस्थापन गरिनेछ।”

एमाले पर्साका सचिव महेश दासले वडा नम्बर ३ मा छिट्टै वृहत चुनावी भेला तथा घरदैलो कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनले चुनाव अवधिभरका लागि अस्थायी सम्पर्क कार्यालय स्थापना गरिएको उल्लेख गर्दै यसले संगठन परिचालन र चुनावी रणनीति कार्यान्वयनमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे।

यसैगरी समानुपातिक उम्मेदवार बिचारी यादवले वडा नम्बर ३ का मतदातासँग रिमा कुमारी यादवलाई विजयी गराउन अपिल गरे। उनले पार्टीका जिल्ला सचिव महेश दास, महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली, मेयर राजेशमान सिंह तथा वडा अध्यक्ष वैजु स्वर्णकारको नेतृत्व रहेको वडा भएकाले यहाँबाट एमालेले बहुमत ल्याउने दाबी गरिन्।

कार्यक्रमका प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य विजय सरावगीले वडा नम्बर ३ संगठनात्मक रूपमा बलियो वडा रहेको उल्लेख गर्दै हालै जसपाका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेपछि संगठन झन सुदृढ बनेको बताए। उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा रिमा यादवलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे।

कार्यक्रममा एमालेका नेता जयनारायण सिंह कुर्मी, सिता लामा, अजय साह, महमद निजाम, राकेश महतो, पिन्टु उपाध्याय, प्रदुमन यादव लगायत नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

छपकैयामा सम्पर्क कार्यालय उद्घाटनसँगै एमालेले वडा नम्बर ३ मा आफ्नो चुनावी अभियानलाई थप सशक्त बनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button