राजनीति

आशिका तामाङको उम्मेदवारी वैध ठहर

काठमाडौ। धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङविरुद्ध परेको उजुरी निर्वाचन कार्यालयले अस्वीकार गरेको छ। समय नाघेर र प्रमाणबिनै दर्ता गराउन खोजिएको उजुरी फिर्ता गरिएको हो।

 

उजुरीमा आशिकासँग जर्मनीको स्थायी आवास अनुमति (पीआर) रहेको दाबी गरिएको थियो। तर आयोगको अध्ययनले उनीसँग रहेको कागजात स्थायी नभई अस्थायी बसोबास अनुमति (टिआर) भएको र त्यो पनि निष्क्रिय भइसकेको पुष्टि गरेको छ।

 

आयोगका अनुसार निष्क्रिय टिआरले उम्मेदवारीमा कुनै कानुनी बाधा नपर्ने भएकाले आशिका चुनाव लड्न योग्य ठहरिएकी हुन्। उनले यस विषयमा मनोनयनअघि नै आयोगमा आवश्यक कागजात बुझाइसकेकी थिइन्।

 

आशिका हाल नेपालमै बसेर चुनावी अभियानमा सक्रिय छन्। धादिङ निर्वाचन कार्यालयले पनि उनीविरुद्ध कुनै उजुरी दर्ता नभएको स्पष्ट पारेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button