राजनीति
योगेश भट्टराईको क्षेत्रमा क्षितिज थेबेलाई टिकट

काठमाडौं । नेकपा (एमाले) ले ताप्लेजुङ निर्वाचन क्षेत्रबाट यसपटक क्षितिज थेबेलाई उम्मेदवार अघि सारेको छ।
राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष रहेका थेबेले पार्टीको टिकट पाएका हुन्।
यसअघि सो क्षेत्रबाट लगातार निर्वाचित हुँदै आएका एमाले उपमहासचिव योगेश भट्टराई भने उम्मेदवारी सूचीमा परेनन्।
टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै भट्टराईले पार्टी कार्यालयमा औपचारिक असहमति समेत दर्ता गराएका छन्।



