राजनीति

महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ६ गते पेसी

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका प्रतिवादीहरूको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटको पेसी माघ ६ गते तोकिएको छ ।

युवराज सफलले सर्वोच्च अदालतमा यस निर्णयविरुद्ध आइतबार रिट दर्ता गराएका छन् । महान्यायाधिवक्ता सबिता भण्डारी बरालले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर भएको देखिएको भन्दै सुरुमा पुस ३० मा रविको मात्रै मुद्दा संशोधनको निर्णय लिएकी थिइन् ।

मुद्दासँग जोडिएका एक मात्रै प्रतिवादीको निर्णय फिर्ता नमिल्ने भएकाले पछि उनले छविलाल जोशी र जिबी राईसहित अन्य प्रतिवादीको मुद्दा संशोधनको निर्णय लिएकी हुन् ।

कानुनी र न्यायिक वृत्तमा महान्यायाधिवक्ता भण्डारीको यस निर्णयको विरोध भइरहेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ११६ मा सम्पत्ति शुद्धीकरणको आरोप फिर्ता लिन नपाइने सूचीमा हुँदाहुँदै मुद्दा फिर्ताको निर्णय लिएर उनले कानुनी राज्यको उपहास तथा अदालतको अपमान गरेको भन्दै भण्डारीको निर्णयको विरोध भइरहेको छ ।

महान्यायाधिवक्ता कार्यालयको यो निर्णय अदालतबाट स्वीकृत भएको खण्डमा मात्रै कार्यान्वयनमा आउनेछ । रविले आफूविरुद्ध लागेको मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा पुस ३० मा निवेदन दिएका थिए ।

रविमाथि जिल्ला अदालत कास्कीमा सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा चलिरहेको छ ।

त्यसैगरी, रुपन्देही र काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको मुद्दा छ । उनीविरुद्ध चितवन जिल्ला अदालतमा विचाराधीन मुद्दामा संगठित अपराधको अभियोग छैन ।

पुर्पक्षका लागि थुनामा रहेका रवि उच्च अदालत बुटवलको आदेशबाट धरौटीमा रिहा भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button