राजनीति

एमालेबाट दुई जोडी पतिपत्नी नै उम्मेदवार

Ad 1
Ad 2
Ad 3
Ad 4

 

महाधिवेशनमा फरक समूहमा लागेको र नेतृत्वसँग नजिक नभएकै कारण उम्मेदवारीबाट थुप्रै नेता वञ्चित हुँदा पतिपत्नी नै उम्मेदवार हुने कुरा आपत्तिजनक भएको भन्दै एमाले कार्यकर्ताहरूले असन्तुष्टि जनाइरहेका छन् ।

एमालेले शनिवार राति टुंगो लगाएको प्रत्यक्ष तर्फका उम्मेदवारमध्ये धनुषाको क्षेत्र नं. ३ बाट जुलीकुमारी महतो र ४ बाट रघुवीर महासेठ पतिपत्नी हुन् । उनीहरू अघिल्लो निर्वाचनमा पनि सोही जिल्लाबाट प्रत्यक्षतर्फका उम्मेदवार थिए ।

महासेठ एमालेको ११ औँ महाधिवेशनमा ओली समूहबाटै उपमहासचिवमा १३६८ मतले जित्दा पार्टी केन्द्रीय कमिटी सदस्यमा ८८१ मतका साथ पराजित भएका थिए । पत्नी महतोले १९३७ मतका साथ मधेसी महिलातर्फ केन्द्रीय सदस्य जितेकी थिइन् ।

समानुपातिक बन्दसूचीतर्फ आदिवासी जनजाति महिलाको क्लष्टरमा उम्मेदवार भएकी उषाकला राई र सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने सूचीमा नाम आएका शेरबहादुर तामाङ पनि पतिपत्नी हुन् ।

राई दुवै संविधानसभामा समानुपातिक प्रणालीबाटै उम्मेदवार भएकी थिइन् । तामाङले सिन्धुपाल्चोकको सोही क्षेत्रबाट २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जितेका थिए ।

उनी केपी ओली सरकारमा केही समय कानून मन्त्री पनि भए । २०७८ को तत्कालीन नेकपाको विभाजनमा पहिला प्रचण्ड-माधव समूहमा रहेका उनीहरू फागुनमा ओली समूहमा फर्किएका थिए ।

एमालेको गत पुसमा सम्पन्न ११ औँ महाधिवेशनमा दुवैले केन्द्रीय सदस्यमा ओली खेमाबाट जितेका थिए । राईले आदिवासी जनजाति महिला क्लष्टरतर्फ १८०४ मतका साथ र तामाङले खुलातर्फ १४२२ मतका साथ जितेका हुन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button