राजनीति

विरगंजकी सामाजिक अभियन्ता शैली चौधरी गतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक सूचीमा

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । नयाँ राजनीतिक दल गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ११ जनाको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ। सूचीमा वीरगञ्ज महानगरपालिका–१० की सामाजिक अभियन्ता शैली चौधरीको नाम समावेश गरिएको छ।

पार्टीले आदिवासी जनजाति, दलित, महिला, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायलाई प्राथमिकता दिँदै सूची तयार गरेको जनाएको छ।

पार्टी अध्यक्ष दिनेश प्रसाईँका अनुसार सेलेब्रिटीभन्दा आम नागरिकलाई प्रतिनिधित्व गराइएको हो। सूचीको पहिलो नम्बरमा चेपाङ समुदायका विश्वास प्रजा रहेका छन्।

मारवाडी समुदायकी शैली चौधरी एलजीबीटीआई, दलित र महिलाको अधिकारका लागि लामो समयदेखि सक्रिय सामाजिक अभियन्ता हुन्। उनी हाल अस्ट्रेलियन अवार्ड छात्रवृत्तिमा अस्ट्रेलियामा स्नातकोत्तर अध्ययनरत छिन्।

उनको राजनीतिक प्रवेशलाई सीमान्तकृत समुदायको प्रतिनिधित्व विस्तार गर्ने कदमका रूपमा हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button