मधेस प्रदेशशिक्षासमाचार

सक्सेस इन्सटियुट वीरगंजद्वारा शिक्षक लाइसेन्समा पास भएका ७५ विद्यार्थी सम्मानित

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । सक्सेस इन्सटियुट वीरगंज पर्साले शिक्षक लाइसेन्स परीक्षा पास गरेका ७५ जना विद्यार्थीहरूलाई भव्य रूपमा सम्मान गरेको छ। वीरगंजमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सम्मानमा नोटबुकर र पेन दिई दोसल्ला ओढाई सम्मानित गरिएको थियो। कार्यक्रममा संस्थाका संचालक बृजेश कुमार पटेलले विद्यार्थीहरूलाई बधाई दिंदै भने, “शिक्षक लाइसेन्स केवल प्रमाणपत्र मात्र होइन, गुणस्तरीय शिक्षणको आधार हो। तपाईंहरूले मेहनत र लगनशीलतासँग यो उपलब्धि हासिल गर्नुभयो, भविष्यमा इमानदार, जिम्मेवार र दक्ष शिक्षक बन्नुहोस्।”

सम्मानित विद्यार्थीहरूमा बिनोद साह तेली, सन्तोष कुमार यादव, राधेश्याम साह तेली, लालबाबु चौरसिया, शिव कुमार महतो, विजय पंडित कोहार, खुस्बु चौधरी, गायत्री कुमारी गुप्ता, डिसेम्बर सहनी, विकास कुमार सहनी, अरुण चौहान, धनिलाल मुखिया, संगीत पडित, सन्दीप कुमार साह कानु, नितेशराज यादव, चन्दन प्रसाद यादव, शिदाची साह, करण सिंह, प्रियंका पटेल, सोनम यादव, रोहित गिरी लगायत ७५ जना विद्यार्थी रहेका थिए।

संस्थाका शिक्षकहरूले विद्यार्थीहरूको सफलता निरन्तर अभ्यास, अनुशासन र गुणस्तरीय प्रशिक्षणको परिणाम भएको बताएका छन्। विद्यार्थीहरूले पनि संस्थाको मार्गदर्शन र सहयोगले आफूहरू सफल भएको बताउँदै आभार व्यक्त गरे। कार्यक्रमको अन्त्यमा संस्थाले आगामी दिनमा पनि शिक्षक लाइसेन्स तयारी कक्षालाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीहरूलाई दक्ष र जिम्मेवार शिक्षक बनाउन सहयोग गर्ने संस्थाका संचालक पटेलले प्रतिबद्धता व्यक्त गरेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button