खेलकुदमधेस प्रदेशसमाचारसमाजस्थानीय

पर्सागढी मेयर कप क्रीकेट प्रिमियर लिगको दोस्रो दिन,आर.सी.बीलाई ९ विकेटले हराउदै पर्सा दोमीनेटर विजयी

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । रामनिवास कुमार पटेल ।
पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाको झुलङ्गे पुल नजिक खेल मैदानमा आयोजित दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिगको दोस्रो दिनको खेलमा पर्सा दोमीनेटरले जितेको छ ।

दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिग प्रतियोगिताको दोस्रो खेलको पहिलो इनिङमा आर.सी.बी (रोयल चायलेनजर्ष बागेश्वरी) ले ११ ओभरमा अल आउट हुँदै ६८ रन जोडेका थियो । रोयल चायलेनजर्ष बागेश्वरीका खेलाडी अञ्जन यादवले १३ बलमा सर्वाधिक २५ रन जोडेका थिए ।

खेलको दोस्रो इनिङमा पर्सा दोमीनेटरले ६९ रनको लक्ष्यलाई पछत्याउँदैं ९ ओभर ४ बलमा २ विकेट गुमाउँदै प्रतियोगिताको दोस्रो खेल पर्सा दोमीनेटरले जितेका छन्, सो खेलमा म्यान अफ द म्याचको पुरस्कार १७ बलमा ३० रन र २ विकेट लिई पर्सा दोमीनेटरका खेलाडी अशोक लेफ्टीले पाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button