
वीरगञ्ज । पर्सा जिल्लामा हिन्दु पत्रकारहरूको संगठनको रूपमा “हिन्दु पत्रकार संघ “को जिल्ला कार्यसमिति गठन भएको छ ।
सङ्गठन हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै पत्रकारिताको माध्यमबाट हिन्दु समुदायको अधिकार र आवाजलाई मजबुत बनाउने मुख्य उद्देश्यका साथ स्थापना गरिएको हो ।
विशेष गरी धर्मनिरपेक्षताको नाममा हिन्दु धर्ममाथि हुने प्रहारहरूको विरोध गर्दै सनातन मूल्य–मान्यताको रक्षा गर्नु यसको प्रमुख लक्ष्य रहेको नवगठित समितिका पदाधिकारीहरूले बताएका छन् ।
वीरगञ्जस्थित क्लासिक ब्यानक्वेटमा आइतबार आयोजित पत्रकारहरूको विशेष भेलाबाट सञ्चारकर्मी राजन रौनियारको अध्यक्षतामा समिति गठन गरिएको हो । सङ्घको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता, सचिवमा राजकुमार सर्राफ तथा कोषाध्यक्षमा आनन्द पटेल चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, सञ्जय कुशवाहा, रवि बर्नवाल, राकेश साह, राजु बैठा, रश्मीराज भण्डारी, अजय चौरसिया, त्रिलोकी पटेल लगायतका पत्रकारहरू रहेका छन् ।



