बिन्दवासिनी उँपालिकामा प्रशासनिक भवनको बाउन्ड्री निर्माणको अनुगमन

वीरगंज । गाउँपालिका स्तरीय योजनाअन्तर्गत बिन्दबासिनी गाउँपालिकाको प्रशासनिक भवन निर्माण स्थलमा बाउन्ड्री निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। करिब १० लाख रुपैयाँ लागतमा निर्माण हुँदै गरेको उक्त बाउन्ड्री अदया कन्स्ट्रक्सन, बिन्दबासिनी–५ ले जिम्मेवारीपूर्वक निर्माण गरिरहेको छ।
अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, वडा नं १ का वडा अध्यक्ष अक्षेलाल महतो, साथै अन्य जनप्रतिनिधिहरूको उपस्थितिमा निर्माणको गुणस्तर, प्रगति र कामका आवश्यक पक्षहरूबारे समीक्षापनि गरिएको थियो।
अनुगमनपछि गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले भने “गाउँपालिकाको प्रशासनिक संरचना सुदृढ बनाउन यो बाउन्ड्री अत्यन्तै महत्वपूर्ण छ। गुणस्तरीय काम, समयमै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कम्पनीलाई पालिकाले निरन्तर अनुगमन गरिरहेको छ।”
त्यस्तै वडा नं १ का वडा अध्यक्ष अक्षेलाल महतोले आफ्नो प्रतिक्रिया दिँदै भने “यस योजना पूरा भएपछि गाउँपालिकाको सुरक्षात्मक संरचना थप मजबुत हुने छ। स्थानीय बासिन्दासँगको समन्वय गर्दै छिट्टै काम सम्पन्न गराउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ।”
गुणस्तरका मापदण्डअनुसार निर्माण कार्य अघि बढेको पालिकाले जनाएको छ।



