समाचार
गोवाको नाइट क्लबमा मध्यराति सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

भारतको गोवा प्रदेशअन्तर्गत अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर विस्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।
घाइतेको संख्या अझै थाहा हुन सकेको छैन।
घटनाको जानकारी पाएपछि गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय विधायक माइकल लोबो घटनास्थल पुगेका थिए। मुख्यमन्त्रीले मृतकहरूमा तीन महिला र तीनदेखि चार पर्यटक रहेको बताए।
उनले तीन जनाको जलेर मृत्यु भएको र बाँकीको निसासिएर मृत्यु भएको बताए। घटनाको विस्तृत अनुसन्धान गरिने र जिम्मेवार व्यक्तिहरूविरुद्ध कडा कारबाही गरिने उनले बताए।
प्रारम्भिक जानकारीअनुसार नाइट क्लबले अग्नि सुरक्षा नियम पालना नगरेको पाइएको छ।



