राजनीतिस्थानीय

पकाहामैनपुर गाउँपालिकामा २–३ महिनादेखि बन्द रहेको निशुल्क अल्ट्रासाउन्ड सेवा पुनः सञ्चालन गर्न माग

वीरगंज । पकाहामैनपुर गाउँपालिकामा गर्भवती महिलाहरूका लागि प्रदान हुँदै आएको निशुल्क अल्ट्रासाउन्ड सेवा विगत २–३ महिनादेखि अवरुद्ध भएपछि स्थानीय समुदाय  समस्यामा परेका छन ।

 

सेवा अभावले गाउँपालिकाभित्रका गरिब, विपन्न तथा दैनिक आम्दानीमा निर्भर परिवारका महिलाहरू बाहिरका नर्सिङ होम तथा निजी क्लिनिकमा गएर महँगो शुल्क तिरेर सेवा लिन बाध्य भएका छन्।

 

यसले आर्थिक रूपमा कमजोर घरपरिवारहरूलाई थप आर्थिक बोझ, मानसिक तनाव र स्वास्थ्यसम्बन्धी जोखिम झन् बढाएको स्थानीयवासीहरूले बताएका छन्।

 

अल्ट्रासाउन्ड जाँच समयमै हुन नसक्दा गर्भवती महिलाहरूको स्वास्थ्य अवस्था बुझ्न कठिनाई भइरहेको छ, जसले आमाहरू र गर्भस्थ शिशुहरूको सुरक्षामा प्रत्यक्ष असर परेको जनाइएको छ।

 

यस गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै, स्थानीयवासीहरूले गाउँपालिका नेतृत्वसँग तत्काल आवश्यक पहल गर्न माग गरेका छन्।

 

नेकपा एमालेका युवा नेता अकलेश साहले पालिकाका प्रमुख प्रशासकीय अधिकृत र  स्वास्थ्य शाखा प्रमुखलाई ज्ञापन पत्र दिदै गाउँपालिकाभित्रका गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न निशुल्क अल्ट्रासाउन्ड सेवा तुरुन्तै पुनः सुरु गर्न अनुरोध गरेका छन।

 

साहका अनुसार, आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको संवैधानिक दायित्व मात्र नभई आम नागरिकप्रति प्रत्यक्ष उत्तरदायित्व समेत भएकोले सेवा अवरुद्ध गर्न नहुने प्रति सजग रहन पालिका नेतृत्वलाई सुझाव दिएका छन।

 

अल्ट्रासाउन्ड सेवाको निरन्तरता नभए  गर्भवती महिला तथा नवजात शिशुहरू गम्भीर जोखिममा पर्न सक्छन्। गाउँपालिकाले गम्चिर रूपमा पहल गरेर सेवा पुनः सञ्चालन गरिदिनु अत्यावश्यक छ।

समुदायका आवाज सुन्ने र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने कार्य अब विलम्ब हुन नहुने स्थानीयवासीहरूको माग छ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button