शिक्षा

नवदीप एकेडेमी खेलकुदमैत्री संस्थाको रूपमा अघि, निर्देशक साह: “प्रतिभालाई पहिचान गरी पूर्ण सहयोग गर्ने हाम्रो नीति”

वीरगंज, १९ मंसिर ।  वीरगंज–१५ भिस्वा स्थित नवदीप एकेडेमीले प्रतिभाशाली विद्यार्थी तथा खेलाडी अलिशा सिंहलाई कक्षा ८,९ र १० मा अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।

नेपाल एटिमी फुल कन्ट्याक्ट करातेमा उल्लेखनीय उपलब्धि हासिल गर्दै उनले जिल्ला स्तरमा तेस्रो स्थान, प्रदेश स्तरीय जुनियर नेशनल गेममा दोस्रो स्थान, तथा राष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान हात पारेकी थिइन्। यिनै उपलब्धिलाई कदर गर्दै एकेडेमीकी निर्देशक सुशिला साहले उनलाई फुल स्कलर प्रदान गरिएको जानकारी दिइन्।

निर्देशक साहका अनुसार, नवदीप एकेडेमीले खेलकुदलाई विशेष प्राथमिकता दिने तथा खेलकुदमा प्रतिभा देखाउने छात्रछात्रालाई निरन्तर प्रोत्साहन गर्ने नीति अपनाएको छ। नवदीप एकेडेमी केवल शैक्षिक उत्कृष्टतामै सीमित नभई विद्यार्थीहरूको प्रतिभा, क्षमता र रुचिका आधारमा सर्वाङ्गीण विकास गर्न प्रतिबद्ध छ।

“हामीले खेलकुद क्षेत्रलाई सदैव विशेष पहल गर्दै आएका छौँ। समुदायमै खेलकुद संस्कृति विकास गर्ने लक्ष्यसहित विद्यालयले ‘एक विद्यार्थी, एक खेल’ अभियान अगाडि बढाइरहेको निर्देशक साहले जानकारी गराइन्। आगामी दिनहरूमा पनि यस्ता प्रतिभाशाली खेलाडीहरूको सही मूल्यांकन गरी उनीहरूलाई हौसला स्वरूप यस्ता अवसर प्रदान गरिनेछ,” निर्देशक साहले बताइन्।

नवदीप एकेडेमीद्वारा तालिम, अवसर र छात्रवृत्ति मार्फत खेलकुद प्रतिभाको संरक्षण तथा प्रवर्द्धनमा उठाइएका कदमलाई स्थानीय समुदायमा प्रशंसनीय कदमका रूपमा हेरिएको छ।

छात्रवृत्ति घोषणा कार्यक्रममा नेपाल एटिमी फुल कन्ट्याक्ट करातेका राष्ट्रिय अध्यक्ष राजकुमार महतो, विद्यार्थी, पत्रकार तथा अभिभावकको उपस्थितिमा सम्पन्न भएको थियो।IMG 20251205 WA0011

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button