हरि खेतान बहुमुखी क्याम्पसको पठनपाठन सुरु गर्न अनेरास्ववियुको आग्रह

वीरगंज । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले वीरगञ्जको आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पसको पठनपाठन तत्काल सुचारु गर्न माग गरेको छ। बिहीबार अनेरास्ववियु पर्साले प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुबेदीलाई ज्ञापनपत्र बुझाउँदै विगत ५० दिनदेखि अवरुद्ध क्याम्पस सञ्चालनमा ल्याउन आग्रह गरेको हो।
समितिबीचको आन्तरिक विवादका कारण त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले तलब–भत्ता नपाएपछि भदौ १ गतेदेखि पठनपाठन ठप्प भएको छ। शिक्षक तथा कर्मचारी आन्दोलनरत रहेका छन् भने विद्यार्थीले निरन्तर धर्ना र प्रदर्शन गर्दै पढाइ सुचारु गर्न दबाब दिइरहेका छन्। अनेरास्ववियुले बुझाएको ज्ञापनपत्रमा सामुदायिक क्याम्पसमा सञ्चालक समितिका केही व्यक्तिले ‘खेतान परिवार’को नाममा जातीय हवाला दिंदै आन्तरिक विवाद सिर्जना गरेर क्याम्पसको सम्पत्ति र आम्दानी हडप्ने प्रयास गरेको आरोप लगाइएको छ।
जिल्ला अध्यक्ष सुजित मण्डलका अनुसार विद्यार्थीको भविष्य अनिश्चित हुने अवस्था सिर्जना भएकाले प्रशासनले तत्काल पहल गरी विवाद समाधान गरी पठनपाठन सुचारु गराउनुपर्ने माग गरिएको हो। ज्ञापनपत्र बुझाउन गएको टोलीमा अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमद, जिल्ला अध्यक्ष सुजित मण्डल, सचिव पुकार सुवेदी, इकाई अध्यक्ष अरमान आलम, महानगर सह–सचिव आमान अन्सारी, अनिल हजरा लगायत सहभागी थिए।




Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.