मधेस प्रदेशसमाचारसमाजस्थानीयस्वास्थ्य

केडिया आँखा अस्पतालद्वारा पर्साको भिस्वामा ४६ जनाको निःशुल्क आँखा परीक्षण

राजन कुमार बानिया
पर्सा, २३ असोज ।
विश्व दृष्टि दिवसको अवसरमा केडिया आँखा अस्पताल परवानिपुरले निशुल्क आँखा शिबिरको आयोजना गरेको छ। पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वामा रहेको आफ्नो केडिया आँखा उपचार केन्द्र भिस्वामा सम्पन्न गरेको छ।

निशुल्क आँखा शिबिरमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,जनप्रतिनिधि ,र स्थानियहरुले शिबिर बाट लाभ लिएका छन। शिबिरमा केडिया आँखा अस्पतालको डाक्टर संतोष कुमार साह ,बरुण तिवारीले निशुल्क आँखा शिबिरमा ४६ जनाको आँखा चेकजाँच गरि निशुल्क चसमा र औषधी बितरण गर्नु भएको थियो।

निशुल्क आँखा शिबिरमा डाक्टर संतोष साहले चेकजाँचको क्रममा जटिल समस्या भएका रोगी हरुलाई केडिया आँखा अस्पताल परवानिपुरमा गई उपचार गराउदा विशेष छुट दिने डाक्टर साहले जनाएका छन।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button