स्थानीय

पर्साको भिस्वामा गोली चलेको प्रकरणः बाटोमा युवतीलाई केटाहरुले छेडखानी गर्दा चल्यो गोली !

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,असोज १० । पर्साको छिहपरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वामा बिहीबार बेलुकी एक किशोरमाथि गोली प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जना किशोरलाई नियन्त्रणमा लिएको छ ।

भिस्वामा गाँउपालिका कार्यालय पछाडिको सडकमा बिहीबार बेलुकी अपरिचित समुहको गोली प्रहारबाट भिस्वाकै १६ वर्षीय गोलु आलम घाइते भएका थिए । तिघ्रा माथि गोली लागेका उनको हाल वीरगन्जको नारायणी अस्पतालमा उपचार जारी छ ।

गोलु आलमलाई गोली हान्ने घटनामा संलग्न रहेको आशंकामा स्थानीय तीन जना किशोरहरुलाई बिहीबार राति नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

गोलुलाई कस्ले र किन गोली हानेको भन्ने यकिन कारण भने अहिलेसम्मपनि खुल्न नसकेको उनले बताए । उनले भने,गोली लाग्ने र अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएका सबै जना टिन्एजर्स (किशोरावस्था) का छन् । गाँउमा उनिहरुको चालचलन र आचरण त्यति राम्रो नभएको सुनिएको छ । यसबारेमा हामीले घाइते गोलुसंगपनि बयान लिइरहेका छौं । अनुसन्धानकै क्रममा रहेकाले अहिले गोली हान्ने कारण बारे यकिन गर्न सकिएको छैन ।

उता अस्पतालमा उपचाररत गोलुले भने बिहीबार साँझ गाँउपालिका कार्यालय पछाडिको सडक हुदैं आँफु घरतर्फ जाँदै गरेका बेला केहि संख्यामा रहेका युवकहरुबीच विवाद भइरहेका बेला चलेको गोली आँफुलाई लाग्न पुगेको बताएका थिए ।

स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार,झलमहियाका किशारी र युवतीहरु भिस्वा बजारबाट घरतर्फ जाने क्रममा बाटोमा भिस्वाका किशोर र युवाहरुले जिस्क्याउने,छेडखानी गर्ने हर्कत गर्दै आएका थिए । त्यसै विषयलाई लिएर भिस्वा र झलमहियाका स्थानीय केहि व्याक्तिहरुबीच बिहीबार बेलुकी विवाद भइरहेका बेला गोली चलेको स्थानीय प्रत्यक्षदर्शीहरु बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button