मधेस प्रदेशसमाचारस्थानीय

पर्साको छिपहरमाई गाँउपालिकाको भिस्वामा गाेली चल्याे, एक जना घाइते

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । पर्सामा गाेली चल्दा एक किशाेर घाइते भएका छन्।घाइते हुनेमा पर्साकाे छिपहरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वाका अन्दाजी १६ वर्षीय गाेलु आलम धुनिया रहेका छन् ।तिघ्रामा गाेली लागेर घाइते भएका उनकाे अहिले वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार,छिपहरमाई नगरपालिका वडा नम्बर ५ भिस्वा बजारस्थित गाँउपालिकअ कार्यालय पछाडिको सडकमा बिहीबार साँझ दुई समुहबीचकाे झगडका क्रममा चलाइएकाे गाेली लागेर उनि घाइते भएका हुन्।आलमलाई कसले र किन गाृली हानेकाे भन्ने बारेमा अहिलेसम्म खुल्न सकेकाे छैन ।घटनाकाे विस्तृत विवरण आउन भने बाँकी छ।

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले भिस्वामा गाेली चलेकाे पुष्टि गरे।गाेली लागेर अन्दाजी १६/१७ वर्षका गाेलु आलम घाइते भएको र उनकाे अहिले नारायणी अस्पतालमा उपचार भइरहेकाे उनले बताए ।घाइते आलमकाे अवस्था खतरामुक्त रहेकाे उनले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button