राष्ट्रिय

काठमाडौंको सिडिओमा ईश्वरराज पौडेललाई पठाउने तयारी

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सिडिओमा सहसचिव ईश्वरराज पौडेललाई पठाउने भएको छ । बुधबार उनको सरुवाको तयारी भइरहेको स्रोत बताउँछ ।

पौडेल यसअघि ३३ किलो सुन तस्करी घटनाको अनुसन्धान टोलीको संयोजक भएर काम गर्दा चर्चामा आएका थिए । पछि उनी अध्यागमन विभागको महानिर्देशक भए।

दुई वर्ष कोलकत्तास्थित महावाणिज्यदूतमा बसेर फर्किएपछि महत्वपूर्ण जिम्मेवारी नपाएका उनलाई विषम परिस्थितीमा काठमाडौंमा पठाउन लागिएको हो ।

काठमाडौंका सिडिओ छवि रिजाललाई सरुवा गर्न लागिएको छ। आन्दोलनपछि उनी सिडिओ कार्यालय पनि गएका छैनन्। अन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै आन्दोलनकारीले कोटेश्वरस्थित घर समेत जलाएका थिए।

मंगलबार मात्र गृहसचिव पनि फेरिएका छन्। गोकर्णमणि दुवाडीलाई हटाएर रामेश्वर दंगाललाई जिम्मेवारी दिइएको छ । मन्त्रालयका महाशाखा प्रमुखहरु पनि हेरफेर गर्न लागिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button