मधेस प्रदेशसमाचारसमाजस्थानीय

रोकिएन जगरनाथपुर चोकस्थित ढाँटमा अमित ठेक्का पट्टाको अवैध कर असुली

वीरगंज । वीरगंज महानगरपालिका–२२ जगरनाथपुर चोकस्थित ढाँटमा अमित ठेक्का पट्टाका कर्मचारीद्वारा कर असुलीका नाममा भइरहेको अवैध असुली अझै रोकिएको छैन। महानगरपालिकाले “जडिबुटी, कबाडी तथा जीवजन्तु कर” उठाउने जिम्मा अमित ठेक्का पट्टालाई दिएको भएपनि सम्झौताअनुसार ठेकदारलाई केवल उत्पादन संकलन तथा व्यवसायिक कारोबारमा मात्र कर लिन पाउने व्यवस्था छ ।

तर, ठेकदार कम्पनीले नियम विपरीत भारतीय मालवाहक सवारीसाधनसँगै नेपाली सवारीसाधनबाट समेत प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म असुली गर्दै आएको स्थानीयले बताएका छन्। सोमबार दिउँसो वीरगंजबाट नयाँ जस्ता खरिद गरी जगरनाथपुर अटोमार्फत लैजाने क्रममा ढाँटका कर्मचारीहरूले रोकेर नियम विपरीत ७६५ रुपैयाँ करको रसिद काटेको स्थानीय मनोज ठाकुरले बताए । “हामीले नयाँ जस्तापाता खरिद गरेको बिल देखाउँदा पनि कर्मचारीहरूले स्वीकार गरेनन् । पैसा दिन अस्वीकार गर्दा केही बेर विवाद समेत भयो,” ठाकुरले भने ।

यसैबीच, स्थानीय अमरप्रसाद यादवले नियम विपरीत भइरहेको कर असुली रोक्न माग गर्दै वीरगंज महानगरपालिकामा लिखित निवेदन समेत दर्ता गराएका छन्। विभिन्न सञ्चारमाध्यममा समाचार आउँदासमेत सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । यो विषयमा केही दिनअघि वीरगंज आएको अवसरमा गृहमन्त्रीसँग पत्रकारहरूले गुनासो राखेका थिए । तर, अहिलेसम्म ठोस कार्यवाही नहुँदा अवैध असुली यथावत् रहेको स्थानीयको गुनासो छ । ठेक्दारले राजनीतिक पहुँचका कारण कसैलाई नटेरकाे र सम्मबन्धित निकाय माैन देखिएकाे स्थानियहरुकाे भनाई छ ।

Related Articles

One Comment

  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button