हात्तीबाट धान जोगाउन खेतमा छोडिएको तारबाट करेन्ट लागेर सप्तरीमा किसान दम्पतीको मृत्यु

सप्तरी । हात्तीसहित जंगली जनावरबाट बाली जोगाउन खेटमा छोडिएको विद्युतीय तारबाट करेन्ट लागेर सप्तरीमा एक दम्पत्तिको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिका–५, पिप्राका ५० वर्षीय बद्रि सरदार र उनकी पत्नी ४५ वर्षीया विमलादेवी सरदारको करेन्ट लागेर आईतबार राति करिव १० बजे घटनास्थलमै मृत्यु भएको हो।
दिनभरि खेतमा काम गरेर घर फर्किरहेका बेला करिब १५० मिटर टाढा स्थानीय महेन्द्र सरदारको खेतमा उनिहरुलाई करेन्ट लागेको हो। प्रहरी अनुसन्धान अनुसार महेन्द्रले जंगली जनावरबाट धानवाली जोगाउन खेतमा करेन्टसहितको तार छोडेका थिए। घटनापछि गाउँमा शोकको वातावरण छ। स्थानीयवासीले खेती जोगाउने नाममा करेन्ट प्रयोग गर्ने चलन नियन्त्रण नभए अझ मानवीय क्षति बढ्ने चेतावनी दिएका छन्।
उनीहरूले सरकार र प्रशासनलाई तत्कालै यस्तो गतिविधि रोक्न माग गरेका छन्। घटनाबारे इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधव प्रसाद काफ्लेले अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही अघि बढाइने बताए।




Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?